काठमाडौं – लामो समयदेखि स्थगित हुँदै आएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक सुरु भएको छ ।


ADVERTISEMENT


बालुवाटार स्रोतका अनुसार भर्खरै बैठक सुरु भएको हो । मंगलबार बिहान ११ बजेका लागि बोलाइएको बैठक पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले थप छलफल आवश्यक भएको भन्दै रोकेका थिए । अध्यक्ष ओलीको अनुपस्थितिमै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठक सुरु गरेका हुन् ।


ADVERTISEMENT

# # #


बैठकअघि अध्यक्षद्वय ओली र प्रचण्डसँगै वरिष्ठ नेता झलनाथ खनालबीच छलफल भएको थियो । लामो समय स्थगित भएर सुरु भएको बैठकले पार्टी भित्रको विवाद मिलाउने अपेक्षा गरिएको छ । मंगलबार मात्र उपाध्यक्ष वामदेव गौतमले दुवै अध्यक्षको शक्ति सन्तुलनका लागि ६ बुँदे सुझावसहितको विज्ञप्ति सार्वजनिक गरेका छन् ।