काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ५३ जनामा कोरोना भाइरस (कोभिड १९) पुष्टि भएको छ ।


ADVERTISEMENT


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा भक्तपुरका १ जना र काठमाडौँका ११ जनामा कोरोना पोजेटिभ देखिएको छ ।


ADVERTISEMENT

# # #


यस्तै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका ९ जना, ललितपुरका १ जनामा कोरोना पाइएको छ । यस्तै पाटन अस्पताल ललितपुरमा गरिएको परीक्षणमा ललितपुरका १ जना, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा काठमाडौँका १ जनामा पोजेटिभ देखिएप्रवक्ता डा. गौतमले जानकारी दिएका छन् ।

यस्तै नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा काठमाडौँका २१ जनामा कोरोना पाइएको छ । उनीहरु नेपाल प्रहरी केन्द्रीय कार्यालयका सुरक्षाकर्मी हुन् । यस्तै स्टार अस्पताल सानेपा ललितपुरमा काठमाडौँका ६ जना र ललितपुरका २ जनामा पनि कोरोना भेटिएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा ३११ जनामा कोरोना संक्रमित भेटिएका छन् । यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १९ हजार ०६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै गत २४ घण्टामा १२१ जना निको भएका छन् हालसम्म १३ हजार ८७५ जना उपचारपछि निको भएका छन् । आजसम्म ४९ जनाको मृत्यु भएको छ । गत २४ घण्टामा थप एकको ज्यान गएको छ ।