काठमाडौँ – नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बझाङको बुंगल गाउँपालिका वडा नं. ३ स्थायी ठेगाना भएका ६५ वर्षीएय पुरुषको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ती पुरुषको साउन ९ गते घरमै मृत्यु भएको हो । दम रोगका बिरामी ती मृतक पुरुष भारतको बैँगलोरबाट गत असार २४ गते बझाङ पुगेका थिए ।


ADVERTISEMENT

# # #


यससंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ । नेपालमा आजसम्म कोरोना संक्रमितको संख्या १९ हजार ६३ रहेको छ । आज मात्रै ३११ जना नयाँ संक्रमित फेला परेका छन् । कूल संक्रमितमध्ये १३ हजार ८७५ जना उपचारपछि निको भएका छन् ।

पछिल्लो २४ घण्टामा १२१ जना उपचार पछि निको भएका छन् ।