काठमाडौँ – कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छाडेका सुनिल बहादुर थापा कांग्रेसमा प्रवेश गरेका छन् ।


ADVERTISEMENT


मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले थापालाई स्वागत गर्दै पार्टीको सदस्यता प्रदान गरेका हुन् । कार्यक्रममा कांग्रेस उपसभापति विजय कुमार गच्छदार, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरु उपस्थित थिए ।


ADVERTISEMENT

# # #


गत शनिबार मात्रै राप्रपा परित्याग गरेका थापा राप्रपाका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री सूयबहादुर थापाका छोरा हुन् ।