काठमाडौँ– आगामी असोज २ गते प्रदेश नम्बर २ अन्तर्गतका ८ जिल्लामा हुने स्थानीय तह निर्वाचनका लागि हिजो उत्साहपुर्ण ढंगले उम्मेद्वारी मनोनयन भएको छ । कतिपय जिल्लामा राती अबेरसम्म उम्मेद्धवारी दर्ता गरिएको थियो ।


ADVERTISEMENT


महोत्तरीको एउटा गाउँपालिकामा आज बिहानसम्मै उम्मेद्वारी दर्ता भइरहेको हाम्रा सहकर्मीले जनाएका छन् । समय सकिन लाग्दा धेरै दल एकैपटक उपस्थित भएपछि दर्ताको क्रम रातभरी चलेको हो । उम्मेद्वारमाथि आज दावी विरोधको समय छुट्याईएको छ । मनोनयन दर्ता गरेका उम्मेद्वारमाथि बिहान १० बजे देखि दिउँसो १ बजे सम्म दावी बिरोधको सुचना दर्ता गर्ने समय दिईएको निर्बाचन आयोगले जनाएको छ ।


ADVERTISEMENT

# # #


दावी विरोधपछि आजै दिउँसो १ बजेदेखि राती साढे ११ बजे मनोनयन पत्र जाँच हुने आयोगले जनाएको छ । भोली बिहान साढे ११ बजेदेिख १ बजेसम्म उमेद्बारको नाम प्रकाशन गर्ने र साँझ ५ बजेसम्म उम्मेद्वारी फिर्ताको समय छुट्याएको आयोगका प्रवत्ता नवराज ढकालले बताए ।

पर्सि १० देखि ११ बजेसम्ममा उम्मेद्वारको अन्तिम नामावली सार्वजनिक गर्दै निर्वाचन चिन्ह प्रदान गर्ने जनाएको छ ।