भारतमा सेनिटाइजरलाई मादक पदार्थका रुपमा पिउदा १० जनाको मृत्यु भएको छ । मदिरा पसल बन्द भएकाले अल्कोहल भएको सेनिटाइजरलाई मादक पदार्थका रुपमा सेवन गरिएको हो ।


ADVERTISEMENT


आन्ध्र प्रदेशको कुरीछेडु गाउँमा सेनिटाइजरमा अन्य हल्का पेय पदार्थ र पानी मिसाइ सेवन गरिएको पाइएको छ । अम्मलीहरुले विगत १० दिन देखी मादक पदार्थका रुपमा सेनिटाइजर पिएको पाइएको आन्द्र प्रदेश प्रहरीले उल्लेख गरेको छ ।


ADVERTISEMENT

# # #


आन्द्र प्रदेशमा कोरोना भाइरसका संक्रमणमा आएको वृद्धिका कारण अन्य प्रदेश भन्दा मापदण्ड कडा पारिएको छ । भारतमा १६ लाख ३८ हजारमा सक्रमण पुष्टि भएको छ । त्यहाँ ३५ हजार ७ सय ४५ जनाले कोरोना भाइरस संक्रमणकै कारण ज्यान गुमाएका छन् ।