एजेन्सी- विश्वभर एकै दिन २ लाख ९२ हजार ५ सय २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार एकै दिनमा संक्रमण भेटिएको यो सर्वाधिक संख्या हो ।


ADVERTISEMENT


केही साता देखी संक्रमणको नयाँ रेकर्ड कायम भैरहेको छ । अमेरिका, ब्राजिल, भारत र दक्षिण अफ्रिकामा सबैभन्दा बढि संक्रमित थपिएका छन् । विश्वमा एकै दिन ६ हजार ८ सय १२ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।गत साउन ९ गते एकै दिन २ लाख ८४ हजार १ सय ९६ जनामा संक्रमण भेटिएर रेकर्ड कायम भएको थियो ।


ADVERTISEMENT

# # #


जसको ८ दिन पछि फेरी संक्रमितको संख्याले सो रेकर्ड तोडेको हो । जुलाई महिनामा विश्वभर कोरोना भाइरस संक्रमणका कारण दैनिक कम्तिमा ५ हजार २ सयको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनले उल्लेख गरेको छ ।विश्वभर १ करोड ७४ लाख ९७ हजार ३ सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ६ लाख ७७ हजार २ सय ७९ जनाले विश्वभर कोरोना संक्रमणकै कारण ज्यान गुमाएका छन् ।