भारत- कोरोना भाइरस महामारीका कारण एसियाकै तेस्रो ठूलो अर्थतन्त्र भएको भारतमा पछिल्लो तीन महिनामा राजश्व घाटा बढेर ८८ दशमलव ५२ अरब डलर अर्थात ६६ खर्ब ३० अर्ब ९२ करोड २५ लाख ५० हजार भारतीय रुपैयाँ पुगेको छ । अप्रिलमा सुरु भएको २०२०/२१ को आर्थिक वर्षमा जीडीपीको ७ दशमलव ५ प्रतिशत राजस्व घाटा हुने अनुमान अर्थविज्ञहरुले गरेका थिए ।


ADVERTISEMENT


 सरकारले भने ३ दशमलव ५ प्रतिशतको गिरावट आकंलन गरेको थियो । जब कि समाचार संस्था रोयटर्सको इकोनोमिक पोलले चालू आर्थिक वर्षमा भारतको अर्थव्यवस्थामै ५ दशमलव १ प्रतिशतको भारी गिरावट आउने देखाएको थियो ।