काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३८ जनामा कोरोना भाइरस (कोभिड १९) पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौँका २ जनामा कोरोना पोजेटिभ देखिएको छ ।


ADVERTISEMENT


# # #


यस्तै नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा काठमाडौँका १ जनामा कोरोना पाइएको छ । उनी सुरक्षाकर्मी हुन् । यस्तै नेपाल कोरियामैत्री अस्पताल भक्तपुरमा काठमाडौँका २ जना र भक्तपुरका १ जनामा कोरोना देखिएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा ३१५ जनामा कोरोना संक्रमित भेटिएका छन् । यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २० हजार ८६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै गत २४ घण्टामा ९३ जना निको भएका छन् हालसम्म १४ हजार १९४९२ जना उपचारपछि निको भएका छन् । आजसम्म ५६ जनाको मृत्यु भएको छ ।

प्रतिकृया

प्रतिकृया