काठमाडौँ – नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. १६ नम्खा बस्ने ६८ वर्षीय एक महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ती महिलाको साउन १७ गते (शनिबार) मृत्यु भएको हो । ज्वरो, खोकी तथा श्वास प्रश्वासमा समस्या भएपछि उनी सान १४ गते नारायणी वयोधा अस्पतालको आइसीयूमा भर्ना भएकी थिइन् । उनको श्वास्थ्य अवस्था थप जटिल भएपछि साउन १७ गते बेलुका नारायणी कोरोना अस्पताल रिफर गरिएको थियो ।


ADVERTISEMENT

# # #


उनको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रवक्ता डा गौतमले बताए । ती महिला मधुमेह र उच्च रक्तचापकी बिरामी थिइन् । उनमा साउन १६ गते कोरोना पुष्टि भएको थियो ।

यससंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५७ पुगेको छ । नेपालमा आजसम्म कोरोना संक्रमितको संख्या २० हजार ३३२ रहेको छ । आज मात्रै २४६ जना नयाँ संक्रमित फेला परेका छन् । कूल संक्रमितमध्ये १४ हजार ६०३ जना उपचारपछि निको भएका छन् ।

पछिल्लो २४ घण्टामा १११ जना उपचार पछि निको भएका छन् ।