काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३१ जनामा कोरोना भाइरस (कोभिड १९) पुष्टि भएको छ । जसमध्ये काठमाडौँका २२ जना, ललितपुरका ८ जना र भक्तपुरका १ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौँका ११ जना र ललितपुरका ४ जनामा कोरोना पोजेटिभ देखिएको छ ।


ADVERTISEMENT

# # #


यस्तै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका ८ जनामा कोरोना पाइएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा ललितपुरका १ जना र वीर अस्पतालमा काठमाडौँका १ जनामा पोजेटिभ देखिएको प्रवक्ता डा. गौतमले जानकारी दिएका छन् ।

यस्तै नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा काठमाडौँका २ जनामा कोरोना पाइएको छ । उनीहरु सुरक्षाकर्मी हुन् । यस्तै स्टार अस्पताल सानेपा ललितपुरमा ललितपुरका ३ जना र नेपाल कोरियामैत्री अस्पताल भक्तपुरमा भक्तपुरका १ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा २४६ जनामा कोरोना संक्रमित भेटिएका छन् । यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २० हजार ३३२८६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै गत २४ घण्टामा १११ जना निको भएका छन् हालसम्म १४ हजार ६०३ जना उपचारपछि निको भएका छन् । आजसम्म ५७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १ जना महिलाको मृत्यु भएको छ ।