लमजुङ- स्मार्ट भिलेजको नामले चिनिएको लकजुङको घलेगाउँ भदौ १ गतेबाट पर्यटकका लागि खुला गरिने भएको छ । कोरोना भाइरसको (कोभिड–१९) संक्रमण नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेयता घलेगाउँमा पर्यटक आमगन ठप्प छ । कोरोना संक्रमण फैलिन नदिन गाउँ भेलाले होमस्टेमा पर्यटक राखेमा २० हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना तोकेको थियो । सरकारले लकडाउन हटाएको अवस्थामा जिल्लाका पर्यटकलाई घुम्ने अवसर दिइने पर्यटन व्यवस्थापन समिति ग्रामीण पर्यटन घलेगाउँका अध्यक्ष प्रेम घलेले बताए   ।


ADVERTISEMENT


गाउँमात्रै खुला गरिएको र गाउँमा स्थानीय जनजीवन मात्रै हेर्न पाइनेछ । भीडभाडलाई बन्देज लगाइएको छ । परम्परागत गुरुङ संस्कृति झल्कने घाँटु, सोरठी, सेर्का, कृष्णचरित्र, घ्याब्रे लगायत नाच भने तत्काल प्रदर्शन नगरिने निर्णय गाउँलेले गरेको समितिका कार्यालय सचिव दीर्घ घलेले बताए   ।