मोरङ- एक व्यावसायिक परिवारका १४ जनामा कोरोना संक्रमणको पुष्टि भए पछि स्थानीय निकायले मोरङको पुरानो बजार रंगेली आजदेखि अनिश्चितकालकालागि बन्द गरेको छ ।


ADVERTISEMENT


रंगेली नगरपालिकाले अर्को सूचना नहुन्जेलसम्मकालागि अस्पताल पनि पूर्ण रुपमा बन्द गरेको छ । हिजोको पीसीआर रिपोर्टमा सो परिवार बाहेक विद्युत प्राधिकरण रंगेली शाखाका पाँच र अस्पतालका तीन कर्मचारी समेत २२ जनामा कोरोना पुष्टि भएको हो ।


ADVERTISEMENT

# # #


नगरपालिकाद्वारा जारी विज्ञप्तिमा रंगेली बजारको पूर्वमा मधुवनी चोक र पिपल चोकदेखि सुनवर्षी नगरपालिकाको सीमाना, पश्चिममा चिस्याङ खोला, उत्तरमा निचामारी बक्राहा खोला पुल र दक्षिणमा भन्सार गेटसम्म पर्ने वडा न.ं६, ७ र ८ को एरिया अर्को सूचना प्रकाशित नहुन्जेल सिल गरिएको उल्लेख छ ।