बाँके – प्रहरीले २ नाल भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँकेको राप्तीसोनारी गाउँपालिका–४ खरघट्टीका ५० वर्षीय राम बली चौधरी र ६१ वर्षीय बिष्णु प्रसाद चौधरी रहेका छन् ।


ADVERTISEMENT


प्रहरीले उनीहरुलाई मंगलबार पक्राउ गरेको हो । घरमा भरुवा बन्दुक लुकाइछिपाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँके र सिमा प्रहरी चौकी सुईयाँबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त हतियारसहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।