काठमाण्डौं-  काठमाण्डौं उपत्यका र कोभिड १९ को २ सय भन्दा बढी संक्रिय संक्रमण केश रहेका जिल्लामा अत्यावश्यक बाहेक सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा आजदेखि जोर बिजोर प्रणाली लागु हुने भएको छ । गृह मन्त्रालयले  विज्ञप्ति जारी गर्दै संक्रमणको उच्च जोखिममा रहेका जिल्ला भित्र समेत राति ९ देखि बिहान ५ बजेसम्म आवागमन बन्द गर्ने निर्णय भएको उल्लेख छ ।सरकारले यसअघि नै काठमाण्डौं उपत्यकामा राती ७ देखि बिहान ७ बजेसम्म आवागमन निषेध गरेको थियो ।


ADVERTISEMENT


गृह मन्त्रालयका सह प्रवक्ता चक्र बहादुर बुढाद्वारा जारी विज्ञसप्तिमा सो व्यवस्था कडाईका साथ लागु गर्न मातहतका सबैलाई निर्देशन दिइएको छ । गृह मन्त्रालयले संक्रमणको जोखिम विश्लेषण गरी जोखिम बढेका क्षेत्र स्थानलाई तत्काल बन्द गर्न जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई निदैृशन दिएको छ । यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको जनस्वास्थ्य मापदण्ड तथा गृह मन्त्रालयद्वारा जारी सुरक्षा मापदण्डलाई कडाईका साथ पालना गर्न पनि मन्त्रालयले सबैमा आग्रह गरेको छ । मास्क नलगाउनेलाई दण्ड जरिवाना गर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।


ADVERTISEMENT

# # #