मोरङ- कोरोना संक्रमितको उपचारका लागि प्रदेश एक सरकारले चार सय ५० शैय्याको आइसोलेशन वार्ड निर्माण गर्ने भएको छ । कोरोना संक्रमितलाई राख्न ठाउँ अभाव भएपछि प्रदेश एक सरकारले थप चार सय ५० शैय्याको आइसोलेशन वार्ड निर्माण गर्न लागेको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए  ।


ADVERTISEMENT


प्रदेशमा संक्रमितको संख्या थपिंदै गएपछि कोभिड–१९ अस्पतालमा भरिभराउ भएका छन् । अस्पतालमा शैय्या अभावमा रंगेलीमा सोमबार कोरोना संक्रमण पुष्टि भएका २२ जनालाई दुई दिनसम्म क्वारेन्टिनमा राखिएको थियो । यस्तै, विराटनगर महानगरले १२ जनालाई होम आइसोलेसनमा राख्न बाध्य भएका थिए ।


ADVERTISEMENT

# # #