काठमाडौं –  बुधबार विश्वमा ५ हजार ११६ कोरोना संक्रमितको मृत्यु भएको छ । यो अघिल्लो दिनको तुलनामा केही बढी हो ।


ADVERTISEMENT


मंगलबार विश्वमा ४ हजार २७८ कोरोना संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।


ADVERTISEMENT

# # #


विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ६ लाख ९६ हजार १४७ जनाको ज्यान गइसकेको छ । संक्रमितको संख्या १ करोड ८३ लाख ५४ हजार ३४२ पुगेको छ ।

सुरुका केही समय अमेरिकन देशमा सबैभन्दा धेरै प्रभाव देखिएको कोरोना भाइरसको संक्रमण तुलनात्मक रुपमा अफ्रिकन देशमा कम फैलिएको थियो ।

पछिल्लो समय अफ्रिकन देशमा पनि कोरोना संक्रमण महामारीकै रुपमा फैलिएको विश्व स्वास्थ्य संगठनको तथ्यांकले देखाउँछ । दक्षिण अफ्रिका विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमण फैलिने देशको सूचिमा पाँचौ स्थानमा आइपुगेको छ ।