काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रचण्डको सुरक्षाको बाहिरी घेरामा खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको हो ।


ADVERTISEMENT


प्रचण्ड सचिवालयका अनुसार बिहीबार मात्र स्वाब संकलन गरेर विध ल्याबमा परीक्षणका लागि दिइएका ५३ मध्ये ६ जनाको रिपोर्ट पोजिटिभ आएको हो । नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको हो ।


ADVERTISEMENT

# # #


अध्यक्ष दाहालसहित परिवार र भित्री घेरामा खटिएका सुरक्षाकर्मीको परीक्षण गर्दा भने कोरोना संक्रमण देखिएको छैन ।