काठमाडौँ – नेपाल क्रेडिट एण्ड कमर्स बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा पुनः रमेशराज अर्याल नियुक्त भएका छन् । बैंकको साउन १९ गते बसेको ८०२ औँ संचालक समितिको बैंठकले अर्याललाई दोस्रो कार्यकालको लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT


अर्यालको दोस्रो कार्यकाल असोज १ गतेबाट लागू हुनेछ । उनले आगामी चार वर्षसम्म एनसीसी बैंकको व्यवस्थापकीय नेतृत्व सम्हाल्नेछन् ।


ADVERTISEMENT

# # #


अर्याल यसअघि २०७३ असोज १ गते उक्त बैंकको सीईओमा नियुक्त भएका थिए । अर्यालसँग ३० वर्ष लामो बैंकिङ अनुभव छ ।