काठमाडौं – पछिल्लो २४ घण्टामा थप ३८१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २१ हजार ७५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका २९ वटा प्रयोगशालामा ६ हजार ३६२२ जनाको पीसीआर टेस्ट भएको छ । हाल क्वारेन्टिनमा ९ हजार ४७० जना रहेका छन् भने ६ हजार २९६ जना आइशोलेसनमा अर्थात् सक्रिय संक्रमित रहेका छन् ।


ADVERTISEMENT

# # #


कुल संक्रमित मध्ये ६५ जनाको मृत्यु भएको छ । पछ्लिलो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ । हालसम्म १५ हजार ३८९ जना निको भएको प्रवक्ता डा. गौतमले जनाएका छन् ।

पछिल्लो २४ घण्टामा २३३ जना निको भएका छन् ।