काठमाडौँ – प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रीपरिषद्को बैठक बसिरहेको छ ।


ADVERTISEMENT


आजको बैठकले केही दिनदेखि बढ्दै गरेको कोरोना संक्रमण र भदौ १ गतेदेखि सञ्चालनमा आउने भनिएका लामो दूरीका सार्वजनिक यातायात र आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडानबारे विशेष निर्णय हुने अनुमान गरिएको छ ।


ADVERTISEMENT

# # #


आइतबार बसेको कोभिड–१९ विपद् व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको बैठकले सरकारले भदौँ १ गतेदेखि खुला गर्ने भनिएका सेवाहरु १५ दिन पछि मात्र खोल्न सरकारलाई सिफारिस गरेको छ । यता काठमाडौँ उपत्यकाभित्रका स्थानीय तहले पनि नाकामा कडाई गर्न र अत्यावश्यकका सेवा केही हप्ता बन्द गर्न सरकारसँग आग्रह गरेका छन् ।

सरकारले गत साउन ६ गतेदेखि लकडाउन अन्त्य गर्ने निर्णय गरेको थियो । तर, पछिल्लो समय कोरोना संक्रमित बढेपछि विभिन्न जिल्ला र स्थानीय तहले लकडाउन, सिल गरेका छन् ।