काठमाडौं – सरकारले अन्तर जिल्ला यातायात र बाह्य तथा अन्तरिक हवाई उडान भदौ १६ गतेदेखि खोल्ने निर्णय गरेको छ ।


ADVERTISEMENT


मन्त्रिपरिषदको सोमबार बसेको बैठकले कोभिड-१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)को सिफारिसअनुसार १ भदौबाट खुला गर्ने भनिएको क्षेत्र थप १५ दिन नखोल्ने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


आइतबार बसेको कोभिड–१९ सीसीएमसी निर्देशक समितिको बैठकले सरकारले भदौँ १ गतेदेखि खुला गर्ने भनिएका सेवाहरु १५ दिन पछि मात्र खोल्न सरकारलाई सिफारिस गरेको थियो । यता सोमबार काठमाडौँ उपत्यकाभित्रका स्थानीय तहले पनि नाकामा कडाई गर्न र अत्यावश्यकका सेवा १५ गतेसम्म बन्द गर्न सरकारसँग आग्रह गरेका थिए ।

सरकारले गत साउन ६ गतेदेखि लकडाउन अन्त्य गर्ने निर्णय गरेको थियो । तर, पछिल्लो समय कोरोना संक्रमित बढेपछि विभिन्न जिल्ला र स्थानीय तहले लकडाउन, सिल गरिरहेका छन् ।