काठमाडौँ – सरकारले गत ९ गतेबाट शुरु गरेको सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट लिने सवारीधनीको सङ्ख्या न्यून छ । अहिलेसम्म झण्डै एक सय सङ्ख्यामा दुईपाङ्ग्रे सवारी साधनले मात्रै यो नम्बर प्लेट लिएका छन् ।


ADVERTISEMENT


गुर्जुधारास्थित यातायात कार्यालयले मोटरसाइकलले दैनिक पाँचदेखि १० जना सवारीधनीले मात्रै यो नम्बर प्लेट लिइरहेको जनाएको छ । अझै पनि धेरै नागरिकलाई यसबारे जानकारी नभएको कार्यालयका प्रमुख दीपककुमार पोखरेलले बताए । उनका अनुसार यसबारे प्रचार हुन नसकेकाले सवारीधनी कम सङ्ख्यामा आइरहेका हुन् । सवारीधनीले अनलाइन फारम भरेपछि इञ्जिन नम्बर, च्यासिस नम्बरलगायत विवरण हेर्न आउने गरेका छन् । कार्यालयले यसका लागि तीनजना कर्मचारी छट्याएको छ । उनले भने, “सबै विवरण सही भएपछि नै नम्बर प्लेट पाउनुहुनेछ ।”


ADVERTISEMENT

# # #


सो प्लेटका लागि फरक प्रकृतिका सवारी साधनका लागि फरक कार्यालयमा जाने व्यवस्था मिलाएको छ । दुईपाङ्ग्रे सवारी साधनका लागि गुर्जुधारास्थित कार्यालय, तीनपाङ्ग्रे साना तथा मझौला चारपाङ्ग्रे सवारी साधनको नम्बर लिनका लागि टेकुस्थित भेहिकल फिट्नेस सेन्टर जानुपर्नेछ । त्यस्तै ठूला सवारी साधनका लागि एकान्तकुनास्थित यातायात कार्यालय र सरकारी नम्बर प्लेटका लागि विभागमा जानुपर्ने बताएको छ । सवारीधनीले पहिले हालसम्मको राजश्व चुक्ता गर्नुपर्छ । विभागको वेबसाइटमा रहेको फारम भरेर प्रिन्ट गर्न सकिनेछ ।

सरकारले वाग्मती प्रदेशमा सबै प्रकारका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट वितरण शुरु गरेको थियो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ र प्रदेश नं ३ का भौतिक पूर्वाधारमन्त्री रामेश्वर फुयाँलले संयुक्त रुपमा टेकुस्थित भेहिकल फिट्नेस टेस्ट सेन्टरमा यसको वितरण शुरु गरेका थिए ।