काठमाडौं । पत्रकार बलराम बानियाँको निधन रहस्यमय देखिएको भन्दै नेपाल पत्रकार महासंघले गहिरो छानविन गर्न सरकारसंग माग गरेको छ ।


ADVERTISEMENT


गत साउन २६ गते दिउँसोदेखि काठमाडौंबाट सम्पर्कविहीन रहेका पत्रकार बानियाँको शव मकवानपुरको सिस्नेरीस्थित माण्डु जलविद्युत आयोजना स्थलमा भेटिएको प्रहरीले जानकारी दिएको थियो ।


ADVERTISEMENT

# # #


”महासंघ बानियाँको रहस्यमय ढंगले भएको निधन बारे गहिरो छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसंग माग गर्दछ”  महासचिव रमेश बिष्टद्धारा जारी बिज्ञप्तीमा भनिएको छ ।

तीन दशकदेखि नेपाली पत्रकारितामा योगदान दिएका बानियाँ महासंघका पूर्व केन्द्रीय सचिव तथा पछिल्लो समय कान्तिपुर राष्ट्रिय दैनिकको सहायक सम्पादकका रुपमा कार्यरत थिए ।