काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप ८ जनाको मृत्यु पुष्टि भएको छ । मृत्यु हुनेमा धनुषाका २ जना, काठमाडौँ, धादिङ, सप्तरी, मोरङ, कपिलवस्तु र बाराका १–१ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँ महानगरपालिका १२ टेकु निवासी ७८ वर्षीय एक महिलाको साउन २८ बिहान किस्ट मेडिकल कलेजमा ललितपुरमा मृत्यु भएको छ । यस्तै धादिङको नीलकण्ठ नगरपालिका वडा नं. १४ निवासी ३२ वर्षीय एक पुरुषको साउन २७ गते ह्याम्स अस्पताल कामठमाडौँमा निधन भएको छ ।


ADVERTISEMENT

# # #


यस्तै धनुषाको जनकपुर उपमहानगरपालिका १ निवासी ७१ वर्षीय एक पुरुषको साउन २८ गते बिहान मेडिसिटी अस्पताल ललितपुरमा मृत्यु भएको छ । यस्तै जनकपुर उपमहानगरकै वडा नं. ८ निवासी ३८ वर्षीय एक महिलाको साउन बिहान ललितपुरको पाटन अस्पतालमा मृत्यु भएको छ । यस्तै सप्तरीको डाँक्नेश्वरी नगरपालिका घर भई राजविराग नगरपालिका वडा नं. ६ बस्ने ७२ वर्षीय एक पुरुषको साउन २७ गते राती मृत्यु भएको छ ।

यस्तै मोरङको बुढीगंगा गाउँपालिका वडा नं. २ गंगाचोक निवासी साउन २८ गते बिहान विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ । यस्तै कपिलवस्तुको कपिलवस्तु नगरपालिका वडा नं. २ तौलिहवा निवासी ४२ वर्षीय एक पुरुषको साउन २८ गते बिहान बुटवलको कोरोना विशेष अस्पतालमा मृत्यु भएको छ । यस्तै बाराको कलैया उपमहानगरपालिका निवासी ७५ वर्षीय १ पुरुषको बिहान किस्ट मेडिकल कलेज शिक्षण अस्पतालमा मृत्यु भएको छ ।

यसरी एकैदिन ८ जनाको कोरोनाबाट मृत्यु भएको हो । यो संख्या अहिलेसम्मकै उच्च हो ।

यससंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९१ पुगेको छ । नेपालमा आजसम्म कोरोना संक्रमितको संख्या २४ हजार ४३२ रहेको छ । आज मात्रै ४४८ जना नयाँ संक्रमित फेला परेका छन् । कूल संक्रमितमध्ये १६ हजार ७२८ जना उपचारपछि निको भएका छन् ।

पछिल्लो २४ घण्टामा ६४ जना उपचार पछि निको भएका छन् ।