काठमाडौँ– काठमाडौंको न्यूरोडस्थित ताम्राकार मोबाइल कम्प्लेक्समा मोबाइल महोत्सव सुरु भएको छ । ‘दशैं तिहारको बहार ताम्राकारमा मोबाइल किन्दा उपहार नै उपहार’ योजना अन्तर्गत बिहिबारदेखि महोत्सव सुरु भएको को हो ।


ADVERTISEMENT


मेला अवधीभर आयोजकले मोबाइलको विभिन्न मोडलहरुमा ५ देखि ६० प्रतिशतसम्म छुट दिने जनाएको छ । आयोजकका अनुसार सामसुङ एस फोर र एस फाइभमा ६० प्रतिशत, डिटिसी टचमा ६० प्रतिशत, हुवावे अनर होलीमा ४० प्रतिशत छुट पाइनेछ । ताम्राकार मोबाइल कम्प्लेक्सका सचिव गुरुदत्त शर्माले लेनेभोको सबै मोडलको मोबाइलको खरिदमा ३० प्रतिशत छुटको व्यवस्था गरिएको जानकारी गराए ।


ADVERTISEMENT

# # #


मेलामा न्यूनतम ९ सयदेखि १ लाख ३० हजार रुपैयाँसम्मका बिभिन्न ब्राण्डका मोबाइल सेट उपलब्ध हुने भनिएको छ । त्यस्तै मेलाको अबधिमा विभिन्न ब्राण्डका मोबाइल फोनहरुको खरिदमा मोटरसाइकल र स्कुटरसम्म लक्की ड्रमा राखिएको छ । साथै दैनिक, साप्ताहिक रुपमा विजय गरिने विभिन्न उपहार योजनाहरु समाबेस गरिएको छ ।

मेला अवधीभर ताम्राकार मोबाइल बजारमा सामसुङ, हुवावे, जियोनी, डिटिसी, ओबिआइ, लाभा, सोनी, आइफोन, जेडटिइ, ओप्पो, कुलप्याड, वानप्लस, एमआइ, नोकिया, कलर्स लगायतका सबै ब्राण्डका मोबाइल फोनको कारोबार हुने जनाइएको छ ।