पाल्पा– नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले राष्ट्रियसभासम्बन्धी ऐन छिटो संसदमा पेश हुने बताएका छन् । राष्ट्रियसभासम्बन्धी विधेयक बनाउने काम छिटो हुने उनले बताए ।


ADVERTISEMENT


प्रेस सेन्टर पाल्पा शाखाद्वारा तानसेनमा आज आयोजित पत्रकारसम्मेलनमा उनले प्रदेश र संघको निर्वाचन मंसिरमा हुन नसकेमा देशमा संवैधानिक संकट उत्पन्न हुने बताएका छन् । संवैधानिक संकट उत्पन्न हुनबाट देशलाई जोगाउन मंसिरमा नै निर्वाचन गर्नुको अर्को विकल्प नभएको उनको भनाइ थियो ।


ADVERTISEMENT

# # #


तीनै चरणको निर्वाचन सम्पन्न भएपछि संविधानको कार्यान्वयन हुने बताउँदै उनले त्यसका लागि सबै क्षेत्रको सहयोग गर्नुपर्ने बताए । प्रदेश नम्बर २ निर्वाचनपछि माओवादी पहिलो शक्ति बन्ने उनले दाबी गरे ।

शान्तिपूर्ण र मर्यादित रुपमा मंसिरमा निर्वाचन गराउन सरकारलाई राजनीतिक दल, नागरिक समाज र सञ्चारलगायत सबै क्षेत्रको सहयोग चाहिएको बताए । रासस