सिन्धुपाल्चोक — जुगल गाउँपालिका– २ गोल्चे, लिदीमा आज बिहान खसेको पहिरामा परी मृत्यु भएका पाँच जनाको शव फेला परेको छ । पहिरामा परेकामध्ये अझै ३३ जना बेपत्ता छन् ।


ADVERTISEMENT


पहिराले ३५ घर ध्वस्त भएका छन् । पहिरामा परी घाइते भएका १४ जनाको उद्धार गरिएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


पहिरामा पुरिएका पाँच शव निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रज्वल महर्जनले जानकारी दिए । घाइतेको उद्धार जारी छ । पहिराबाट निकालिएका घाइतेलाई हेलिकप्टरमार्फत चौतारा र काठमाडौँ पठाइएको उनले बताए ।

सम्बन्धित समाचार :
– सिन्धुपाल्चोक लिदी पहिरो अपडेट : ३५ घरमा क्षति, ३८ बेपत्ता (सूची)
– लिदी पहिरो : सभामुख सापकोटा घटनास्थलमा (तस्बिर)