काठमाडौं – पछिल्लो २४ घण्टामा थप ५९४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २५ हजार ५५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका ३९ वटा प्रयोगशालामा ११ हजार ५७५ जनाको पीसीआर टेस्ट भएको छ । हाल क्वारेन्टिनमा १४ हजार ६३८ जना रहेका छन् भने ७ हजार ९१३ जना आइशोलेसनमा अर्थात् सक्रिय संक्रमित रहेका छन् ।


ADVERTISEMENT

# # #


कुल संक्रमित मध्ये ९५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको छ । हालसम्म १७ हजार ७७ जना निको भएको प्रवक्ता डा. गौतमले जनाएका छन् । यो संख्या कूल संक्रमितको ६६.८ प्रतिशत हो ।

पछिल्लो २४ घण्टामा २४० जना निको भएका छन् ।