काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ११९ जनामा कोरोना भाइरस (कोभिड १९) पुष्टि भएको छ । जसमध्ये काठमाडौँका ८३ जना, ललितपुरका ३० जना र भक्तपुरका ६ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौँका २३ जना, भक्तपुरका ३ जना र ललितपुरका १ जनामा कोरोना पोजेटिभ देखिएको छ । यस्तै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा काठमाडौँका १६ जना र ललितपुरका ३ जनामा कोरोना पाइएको छ ।


ADVERTISEMENT

# # #


पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ललितपुरका २६ जना, काठमाडौँका ४ जना र भक्तपुरका १ जना, बी एन्ड बी प्रयोगशालामा काठमाडौँका १ जनामा कोरोना पाइएको छ ।

यस्तै यस्तै काभ्रेको धुलिखेल अस्पतालमा काठमाडौँका ३ जना, नेपाल प्रहरी अस्पतालमा काठमाडौँका १३ जनामा कोरोना पोजेटिभ देखिएको प्रवक्ता डा. गौतमले जानकारी दिएका छन् ।

यस्तै स्टार अस्पताल सानेपामा काठमाडौँका ६ जना र भक्तपुरका २ जना, ह्याम्स अस्पतालमा काठमाडौँका १० जनामा कोरोना पोजेटिभ देखिएको छ । यस्तै नेपाल कोरिया मैत्री अस्पतालमा काठमाडौँका ७ जनामा कोरोना पाइएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा ५९४ जना कोरोना संक्रमित भेटिएका छन् । यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २५ हजार ५५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै गत २४ घण्टामा २४० जना निको भएका छन् भने हालसम्म १७ हजार ७७ जना उपचारपछि निको भएका छन् । आजसम्म ९९ जनाको मृत्यु भएको छ । गत २४ घण्टामा ४ जनाको मृत्यु भएको छ ।