काठमाडौं- अमेरिकाको हुलाक सेवाले चिठी मार्फत हुने मतदान प्रभावकारी नहुन सक्ने चेतावनी दिएको छ । आगामी नोभेम्बर ३ मा गणना हुने समयसम्म चिठीमार्फत हुने मतदान संकलन नहुनसक्ने भन्दै हुलाक सेवाले यस्तो चेतावनी दिएको हो ।


ADVERTISEMENT


निश्चित समय निर्धारण गरी चिठी पठाउनु हुलाक सेवाको मापदण्ड विपरित हुने सेवाको ठहर छ । गत महिना देखीनै अमेरिकि नागरिकले आफ्नो मत चिठीमार्फत पठाएका छन् । यो बर्ष कोरोना महामारीका कारण चिठीमार्फत मतदान गर्नेको संख्या उल्लेख्य बढ्ने अनुमान गरिएको छ ।


ADVERTISEMENT

# # #