काठमाडौँ — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले कोरोनाविरुद्ध ३ वटा खोप निर्माण गरिरहेको बताएका छन् । शनिबार नयाँदिल्लीस्थित लालकिलामा ७४औं भारतीय स्वतन्त्रता दिवसको अवसरमा सम्बोधन गर्दै मोदीले छिट्टै ‘भारतमा बनेको कोरोना खोप’ उपलब्ध हुने भएको बताएका हुन् ।


ADVERTISEMENT


भारतमा नेसनल डिजिटल हेल्थ मिसनको सुरुवात गरिने उल्लेख गर्दै मोदीले भने, ‘सबै नागरिकलाई हेल्थ आइडी उपलब्ध गराइनेछ । यसमा स्वास्थ्यसँग जोडिएका सबै रेकर्ड राखिनेछ ।’  ‘कोरोना महामारीका कारण नागरिक चिन्तित रहेका छ । सबैलाई कोरोनाविरुद्धको खोप कहिले बन्छ भन्ने उत्सुकता छ ।’


ADVERTISEMENT

# # #


उनले अगाडि भने,’म तपाईँहरुलाई जानकारी दिन चाहन्छु कि भारतमा एउटा होइन, तीन–तीन वटा खोप अलग–अलग चरणको परीक्षणमा रहेका छन् । एक पटक स्वीकृति पाएसँगै हामीले यसको व्यापक मात्रामा उत्पादन गर्नेछौं ।’