काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ९७ जनामा कोरोना भाइरस (कोभिड १९) पुष्टि भएको छ । जसमध्ये काठमाडौँका ८० जना, ललितपुरका ९ जना र भक्तपुरका ९ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौँका २४ जनामा कोरोना पोजेटिभ देखिएको छ ।


ADVERTISEMENT

# # #


यस्तै नेपाल प्रहरी अस्पतालमा काठमाडौँका २४ जना, बी एन्ड बी प्रयोगशालामा ललितपुरका १ जना, सूर्या हेल्थ प्रयोगशालामा काठमाडौँका २ जनामा कोरोना पाइएको छ ।

यस्तै स्टार अस्पताल सानेपामा काठमाडौँका १० जना र ललितपुरका ७ जना, विध ल्याबमा काठमाडौँका १० र ललितपुरका १, वीर अस्पतालमा काठमाडौँका ३ जना र भक्तपुरका १ जनामा कोरोना पोजेटिभ देखिएको प्रवक्ता डा. गौतमले जानकारी दिएका छन्।

यस्तै विरेन्द्र अस्पतालमा काठमाडौँका ३ जना, नेपाल कोरिया मैत्री अस्पतालमा भक्तपुरका ८ र काठमाडौँका ४ जनामा कोरोना पाइएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा ४६८ जना कोरोना संक्रमित भेटिएका छन् । यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै गत २४ घण्टामा १२४ जना निको भएका छन् भने हालसम्म १७ हजार २०१ जना उपचारपछि निको भएका छन् । आजसम्म १०२ जनाको मृत्यु भएको छ । गत २४ घण्टामा ३ जनाको मृत्यु भएको छ ।