काठमाडौँ – पछिल्लो २४ घन्टामा १२४ जना डिस्चार्ज भएका छन् । हालसम्म निको हुनेको संख्या १७ हजार २०१ रहेको प्रवक्ता गौतमले बताए ।


ADVERTISEMENT


मन्त्रालयका अनुसार शनिबारसम्म पीसीआर विधिबाट ५ लाख ५ हजार ६६० परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घन्टामा जम्मा ११ हजार ४७ पीसीआर परीक्षण भएका छन् ।


ADVERTISEMENT

# # #


हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १४ हजार ४ सय ४८ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ८ हजार ७१६ जना रहेको छ । मन्त्रालयका अनुसार देशभरी होम आइसोलेसनमा ५२३ जना रहेका छन् ।

प्रदेश १ मा ११५, प्रदेश २ मा ९८, वाग्मती प्रदेशमा १०५, प्रदेश ५ मा ९०, कर्णाली प्रदेशमा ८, सुदूरपश्चिम प्रदेशमा १०७ जना रहेका छन् । गण्डकी प्रदेशमा भने कोही पनि होम आइसोलेसनमा रहेका छैनन् ।