काठमाडौं – कोरोना भाइरसका कारण धरासयी अर्थतन्त्रलाई उकास्न भारतले १.४६ टिलियन डलरको घोषणा गरेको छ । शनिवार प्रधानमन्त्री नरेन्द्र मोदीले अर्थतन्त्रलाई माथि उठाउन उत्पादन र आत्मनिर्भरमा विकाश गर्न पूर्वाधार योजनामा खर्च गर्नेगरी उक्त रकमको घोषणा गरेका हुन् ।


ADVERTISEMENT


‘अन्य मुलुकमा जस्तै भारतमा पनि कोरोना भाइरसले अर्थतन्त्रमा गम्भीर धक्का पुगेको छ, यो ठूलो संकट भएपनि यसले भारतको आर्थिक प्रगति रोकिन्न,’ भारतीय स्वतन्त्रता दिवसको अवसरमा बोल्दै प्रधानमन्त्री मोदीले बताए ।


ADVERTISEMENT

# # #


अहिले कोरोनाका कारण केही उद्योग बन्द नै भएपनि आन्तरिक उत्पादन बढाउने र वैदेशिक लगानीकर्ता भारतमा लगानी गर्न आकर्षित भएको बताउँदै सन् २०२१ मा भारतको अर्थतन्त्रमा व्यापक प्रगति हुने दाबी उनले गरे ।