काठमाडौँ – कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि सम्भावित जोखिमलाई रोक्न भन्सार विभागले आफ्ना सेवाहरु कटौती गरेको छ । विभागले अन्य सबै सेवा हाललाई रोकेर अत्यावश्यक सेवा मात्रै त्यो पनि अनलाइनमार्फत मात्रै दिने भएको हो ।


ADVERTISEMENT


विभागका महानिर्देशक सुमन दाहालकाअनुसार जोखिम कम नभएसम्म विभागले अनलाइनमार्फत कूटनीति तथा महसुल छुटसम्बन्धी सेवा, मूल्यांकन, पुनरावलोकन र नयाँ जारी गरिने निकासी पैठारी संकेत नम्बर (एक्जिम कोर्ड) सम्बन्धी सेवा दिनेछ ।


ADVERTISEMENT

# # #


यतिवेला वर्क फम होमको अवधारणामार्फत कर्मचारीले घरबाटै विभागका कर्मचारीले काम गरिरहेका छन् । अनलाइन, भच्र्युल माध्यम र विद्युतीय माध्यमबाट विभागका सेवा शुरु गरिएकोमा विशेष संकेत नम्बर भने सम्बन्धित भन्सार कार्यालयबाट जारी हुने जानकारी विभागले दिएको छ ।