बुटवल – बुटवल उपमहानगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि आजदेखि अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको छ ।


ADVERTISEMENT


उपमहानगरपालिकामा कार्यरत तीन अधिकृत र एक कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टिसँगै स्वास्थ्य, सरसफाइ र दमकल जस्ता अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले आज जरुरी सूचना जारी गरेर तोकिएका बाहेक सबै सेवा बन्द गरिएको जनाएका छन् ।


ADVERTISEMENT

# # #