काठमाडौँ – प्रभु क्यापिटलको ३ वर्षे निःशुल्क डिम्याट योजना भाद्रसम्म थपिएको छ । कम्पनीले साउनमा सञ्चालन गरेको डिम्याट खाता खोल्ने ग्राहकको लागि ३ वर्षे निःशुल्क डिम्याट खाता र मेरो शेयर योजना भाद्रसम्म थप गरेको हो ।


ADVERTISEMENT


नेपाल सरकार र नेपाल धितोपत्र बार्डबाट समेत विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्न अनुरोध भए अनुसार यस क्यापिटलले https://dematapply.prabhucapital.com बाट अनलाईन खाता खोल्ने सुविधा सञ्चालन गरेको छ ।


ADVERTISEMENT

# # #


साथैं यस योजनामा प्रभु क्यापिटल लिमिटेडको केन्द्रिय कार्यालय, कमलादी तथा प्रभु बैंक लिमिटेडको नेपाल भरी रहेका २१० वटै शाखाबाट छिटो, छरितो रुपमा तथा डिम्याट र मेरो शेयरको खाता खोल्न सकिने सुविधा समेत सञ्चालन गरेको छ ।