कवि एवं नेपालका प्रथम गजलकार मोतीराम भट्टको १५४ औँ जन्मजयन्ती आज नेपालभर विभिन्न भच्र्युल साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । कोरोना संक्रमणका कारण अनौपचारिक कार्यक्रमको आयोजना नगरेपनि केही गजलकारहरुले भच्र्युल माध्यमबाट गजलसम्बन्धी कार्यक्रम आयोजना गरेका छन् ।


ADVERTISEMENT


वि.सं. १९२३ भाद्र कृष्णऔँसीको दिन जन्मिएका भट्टले नेपाली साहित्यमा नेपालका आदिकवि भानुभक्त आचार्यलाई नेपाली साहित्यमा चिनाए भने हिन्दू धर्मावलम्बीको महत्वपूर्ण ग्रन्थलाई नेपालको घर घरसम्म पु¥याउने पुलको काम गरे । भानुभक्तले बाल्मीकि रामायणलाई नेपाली रसिलो ठेट भाषामा अनुवाद गरी त्यसलाई प्रत्येक नेपाली जनजिब्रोमा झुण्डाउने काम गरेका थिए । वि.सं. १९४१ मा प्रथम पटक रामायणलाई प्रकाशन गरी भट्टले भानुभक्त आचार्यको जीवनी प्रकाशनमा ल्याएका थिए ।


ADVERTISEMENT

# # #


‘प्रियदर्शिका’, ‘भानुभक्तको जीवनचरित्र’, ‘पिकदूत’ ‘उषचरित्र’, ‘सकुन्तला’ जस्ता २५ वटा कृति प्रकाशनमा ल्याएका भट्टले अहिले युवापुस्तामाझ निकै चर्चित गजल विद्यालाई नेपाली भाषामा ल्याउने काम गरे । अरबी, फारसी, ऊर्दू हुँदै हिन्दीमा लेखिन थालेको गजललाई नेपाली भाषामा प्रथम पटक भट्टले लेखेकोमा अहिले हिन्दी, ऊर्दू, फारसी र अरबीसँगै नेपाली भाषामा पनि सबैभन्दा चर्चित विद्याका रुपमा गजलले आफूलाई उभाएको छ । प्रस्तुत छन् उनै नेपाली गजलका शुरुवातकर्ता भट्टका दुई गजलः

 

तरबार किन चाहियो ?

दुई आँखिभौँ त तयार छन् तरबार पो किन चाहियो
तिमी आफू मालिक भैगयौ सरकार पो किन चाहियो

पहरा कडा छ कटाक्षको हरदम तयार मुहारमा
घर भन्नु भारि महल न हो दरबार पो किन चाहियो

कति चम्किलो छ हँसाइको हिसिमा किरन पनि दाँतको
मणि मोती नीर जुहार न हो अरु हार पो किन चाहियो

 

इ सानै उमेर् देखि मन् हर्न लागे

 

इ सानै उमेर् देखि मन् हर्न लागे
इनै सुन्दरीले जुलुम् गर्न लागे

कहाँसम्मको आँट लौ हेर तिन्को
रिसाएर आँखा पनि तर्न लागे

एकैपल्ट आँखा घुमाई दिनाले
कती मर्न लागे कती डर्न लागे

सुनिस् मन् मुनियाँ बडा होस राखेस्
बिछाएर जाल् कागुनो छर्न लागे

बिराना र आफ्ना नराम्रा र राम्रा
सबै सुन्दरीका अघि सर्न लागे

अघि पर्न सक्दीनँ मैले हरीका
नजर्देखि ‘मोति’ पनि झर्न लागे