काठमाडौँ – कोरोना संक्रमितको संख्या बढ्दै गएपछि अहिलेसम्म देशका विभिन्न ४४ जिल्लामा पूर्ण तथा आंशिक निशेधाज्ञा जारी भएको छ । मंगलवार काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुबीचको छलफलले भदौ १० गतेसम्म काठमाडौँ उपत्यकामा निशेधाज्ञा लगाउने निर्णय गरेसँगै निशेधाज्ञा लागू भएका जिल्लाको संख्या ४४ पुगेको हो ।


ADVERTISEMENT


सरकारले गत चैत ११ गतेदेखि असारसम्म कडा र त्यसपछिको एक महीना खुकुलो गरी ४ महीना(१२० दिन) लामो देशव्यापी लकडाउन गरेको थियो । कोरोना संक्रमणको जोखिमलाई रोक्न गरिएको उक्त लकडाउन साउन ७ गतेदेखि हटाइएकोमा त्यसयता लगातार कोरोना संक्रमितको संख्या बढ्दो छ भने कोरोनाबाट हुने मृत्युदर पनि उकालो लागेको छ ।


ADVERTISEMENT

# # #


नेपालमा मंगलवार हालसम्मकै उच्च संख्यामा देशभर १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसरी देशभरी कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि मंगलवार नै कोरोना रोकथाम, नियन्त्रण एवं उपचार केन्द्र (सीसीएमसी)ले आगामी रणनीतिको सम्बन्धमा छलफल गरेको थियो । वैठकमा सरकारले कोरोना रोकथामका लागि गरेका निर्णय र त्यसका प्रभावकारिताका सम्बन्धमा छलफल भएको थियो । वैठकमा आगामी दिनको रणनीतिका बारेमा सहभागी सदश्यद्धारा फरक फरक धारणा आएकाले आज (बुधवार) पुनः वैठक बसी आगामी रणनीतिको बारेमा छलफल गरिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्र प्रसाद गुरागार्इँले बताए ।