काठमाडौँ – आर्थिक वर्ष २०७६÷७७ मा कृषि विकाश बैंकले ३ अर्ब ४६ करोड नाफा कमाएको छ । यो गत वर्षको भन्दा १७.२६ प्रतिशतले कम हो, अघिल्लो आवमा बैंकको नाफा ४ अर्ब १९ करोड थियो ।


ADVERTISEMENT


कोरोना रोकथामका लागि गत चैत देखि सरकारले गरेको लकडाउनपछि बैंकको चौथो त्रैमास प्रभावित भएको थियो । लकडाउन अवधिमा उठ्न बाँकी ब्याज र किस्ता रकमका कारण बैंकको मुनाफामा ह्रास आएको हो ।


ADVERTISEMENT

# # #


यस अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ६६ करोड रहेको छ । हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ४४ करोड रहेकोमा रिजर्भमा भने १४ अर्ब ९८ करोड रहेको छ ।