काठमाडौँ – सरकारले आजदेखि जारी गरेको निशेधाज्ञामा बैंकिङ क्षेत्रका विशेष सुविधा सुचारु राख्न दिने निर्णय भएपनि प्रहरीले बैंक हिँडेका कर्मचारीलाई बाटोमै रोकी सास्ती दिएको भन्दै नेपाल बैंकर्स एशोसिएसन अफ नेपालले आज बैंक नखोल्ने निर्णय गरेको छ ।


ADVERTISEMENT


कर्मचारीलाई बाटोमै रोकिएपछि आज बैंक नखोल्न भनिएको संघका अध्यक्ष भुवन कुमार दाहालले बताए । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीसँग भएको छलफलमा बैंकका केही शाखा खोलेर सेवा दिने सम्वनवन भएपनि बाटैमा कर्मचारी रोकिएपछि सेवा बन्द गर्ने निर्णय गरिएको उनले बताए ।


ADVERTISEMENT

# # #


दाहालले भने, ‘हिजो सीडीओसँग समन्वय गरी बैंकका कर्मचारीलाई बैंककै परिचयपत्र देखाएर आउजाउ गर्न दिने भनिएको थियो तर बिहान बैंक खोल्न जान लागेकाहरुलाई पनि रोकियो ।’

सरकारी निकायसँग समन्वय गरेर मात्र भोलिदेखि बैंक खोल्ने वा नखोल्ने भन्ने निर्णय गरिने उनले बताए ।