एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक अमेरिकी पोर्न स्टारलाई ४४ हजार १ सय अमेरिकी डलर अर्थात झण्डै ५३ लाख नेपाली रुपैयाँ दिनुपर्ने भएको छ । अमेरिकाको क्यालिफोर्निया अदालतले उक्त आदेश दिएको हो ।


ADVERTISEMENT


स्टर्मी डेनियल्स नामकी पोर्न स्टारका अनुसार उनको ट्रम्पसँग अफेयर थियो, यद्दपी ट्रम्पले यसलाई इन्कार गरिरहेका छन् । सीएनएनको रिपोर्ट अनुसार ४१ वर्षीय स्टार्मी डेनियल्सले ट्रम्पविरुद्ध अदालतमा मुद्दा दायर गरेकी थिइन् । तर, उनको मुद्दा रद्द भएको थियो ।


ADVERTISEMENT

# # #


अदालतले मुद्दा रद्द भएपछि मुद्दा दायर गर्दा लागेको खर्च ट्रम्पलाई दिन आदेश दिएको हो । त्यही अनुसार ट्रम्पले ४४ हजार १ सय अमेरिकी डलर स्टार्मीलाई दिनुपर्ने भएको हो । स्टार्मीका वकीलले एक ट्वीट मार्फत आदेशबारे जानकारी दिँदै भनेका छन्, ‘अवश्य पनि यो एक जित हो ।’

ट्रम्पविरुद्ध मुद्धा दायर गरेपछि स्टर्मी डेनियल्सले एक किताब लेखेकी थिइन् । जसमा उनले ट्रम्पसँग आफ्नो अफेयरको बारेमा खुलेर लेखेकी थिइन् । यो किताब निकै चर्चामा आएको थियो । डेनियल्सले ट्रम्पसँगको कथित अफेयरपछि उनलाई चूप लाग्न पैसा दिइएको थियो । यसका लागि एक सम्झैता गरिएको थियो । ट्रम्पले उनलाई १ लाख ३० हजार डलर दिइएको दाबी गरिएको छ ।