बर्दिवास – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले मधेसमा एमालेलाई कसैले निषेध गर्न सक्ने शक्ति नजन्मेको बताएका छन् ।


ADVERTISEMENT


आफू नै मधेसको असली धर्तीपुत्र भएको बताउँदै उनले भने, ‘कुनै शक्तिले वा तागतले पनि मधेशमा एमालेलाई निषेध गर्न सक्दैन र जन्मिएको छैन ।’


ADVERTISEMENT

# # #


महोत्तरीको बर्दिवासमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाल नेपालले प्रदेश २ को चुनावमा पनि एमाले पहिलो हुने दाबी गरे । उनले भने, ‘हाम्रो पार्टी कुनैपनि हालतमा मधेस विरोधी होइन, हेर्दै जनुहोला २ नम्बर प्रदेशमा पनि एमाले एक नम्बर पार्टीे बन्छ ।’

यस्तो नेता नेपालले केही मधेशी नेताहरुले विदेशीको प्रभावमा परेर संविधान संशोधन प्रस्ताव ल्याएको समेत आरोप लगाए । पार्टीभित्र अहिले कुनै विवाद नरहेको भन्दै उनले भने, ‘हामी अहिले चुनावी मैदानमा छौं, पार्टी पूर्ण रुपमा एक ढिक्का छ ।’