काठमाडौँ – प्रहरीले अवैध लागु औषध अफिमको कारोवार गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँको तारकेश्वर बस्ने जाजरकोट त्रिवेणीका २२ वर्षीय दिलीप विश्वकर्मा र तारकेश्वर नै बस्ने दोलखा भिमेश्वरकी १८ वर्षीय प्रमिला राउत रहेका छन् ।


ADVERTISEMENT


प्रहरीले उनीहरुलाई सोमबार काठमाडौँको तारकेश्वर नगरपालिका वडा नं. ४ शेषमति सानोपुल नजिकबाट पक्राउ गरेको हो । बिक्री वितरण गर्ने उद्देश्यले लागु औषध अफिमको कारोवार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले खानतलासी गर्दा दिलीपले बोकेको पछाडी भिर्ने कालो झोलामा ६ केजी ५०० ग्राम लागु औषध अफिम जस्तो देखिने खैरो पदार्थसहित भेट्टाएपछि उनीहरुलाई पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


प्रहरीका अनुसार उनीहरुले बरामद गरिएको उक्त सामान गाउँबाट प्रतिकिलो १ लाख ५० हजार रुपैयाँले ल्याउने गरेको र प्रतिकिलो ८ लाख रुपैयाँका दरले बेच्ने गरेका थिए । यस विषयमा महानगरीय अपराध महाशाखाले थप अनुसन्धान गरिरहेको छ ।