काठमाडौँ – बार्सिलोनामा २० वर्ष लामो समय बिताएका विश्व प्रसिद्ध फुटबल खेलाडी लियोनल मेसीले क्लब छाड्ने निर्णय गरेका छन् । उनले मंगलबार फ्याक्समार्फत क्लबमा क्लब छाड्ने इच्छा व्यक्त गर्दै पत्र पठाएको बार्सिलोनले जनाएको छ । मेसीले क्लबसँग असन्तुष्टि जनाउँदै क्लब छाड्ने निर्णय गरेका हुन्।


ADVERTISEMENT


पछिल्लो खेलमा बार्सिलोनाले बायर्न म्युनिखसँग ८ का विरुद्ध २ गोलले लज्जास्पद हार बेहोरेको थियो। हारपछि बार्सिलोनाका समर्थकले अभ्यास मैदानमा जम्मा भएर टीमको चर्को आलोचना गरेका थिए।


ADVERTISEMENT

# # #


उक्त हारपछि क्लबका अध्यक्ष जोसेप बार्टोमेउले प्रशिक्षक क्विक सेटिनलाई बर्खास्त गरी उनको स्थानमा रोनाल्ड कोम्यानलाई नियुक्त गरेका थिए।

 

बार्सिलोनामा छँदा मेसीले ३३ कीर्तिमानी र ६ पटक बालोन डीुअरको अवार्ड जितेका छन् । मेसीसहितको खेलमा बार्सिलोनाले १० स्पेनिस लिग र चार पटक च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।