काठमाडौँ –राष्ट्रिय वाणिज्य बैँकको सञ्चालक समिति अध्यक्षमा उपेन्द्र कोइरालालाई नियुक्ति गर्ने तयारी भइरहेको समाचारबारे उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले मुख खोलेका छन् ।


ADVERTISEMENT


कोइरालालाई बैँकको अध्यक्ष बनाउन लागिएको भन्दै विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा व्यापक आलोचना भएपछि उनका सम्धीसमेत रहेका उपप्रधानमन्त्री पोखरेलले बुधबार आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।


ADVERTISEMENT

# # #


उपप्रधानमन्त्री पोखरेलले समाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै सम्बन्धको दुरुपयोग गरेर कुनैपनि लाभको पद प्राप्त गरेको भन्ने समाचारमा सत्यता नभएको दाबी गरेका छन् । उनले भनेका छन्र्, ‘मेरो परिवारका कुनै सदस्य वा मेरा कुनै नाता सम्बन्धमा रहेका व्यक्तिहरूद्वारा पद वा मसितको सम्बन्धको दुरूपयोग गरी विद्यमान कानुनी व्यवस्थालाई उल्लंघन गरेर लाभ लिएको वा पद प्राप्त गरेको भन्ने विषयमा कुनै सत्यता छैन ।’

उनले आजसम्म पारदर्शितासहित र संस्थागत निर्णय प्रक्रियाका आधारमा मात्रै काम भएको जिकिर गरेका छन् । आफ्नो कहीँकतै आफूले हस्तक्षेप नगरेको र केही अन्यथा भएका सार्वजनिक रुपमा सजायको भागिदार हुन आफू तयार रहेको उनले बताएका छन् । ‘मेरो यो दृढता र विश्वासलाई लाञ्छित गर्ने हिसाबले तथ्यहीन र अत्यन्त गलत मनसायका साथ सार्वजनिक भएकार गरिएका कुराहरूप्रति खेद व्यक्त गर्दछु’, उनले भनेका छन् ।

उपप्रधानमन्त्री पोखरेलले आफूविरुद्ध उत्रिनेहरुलाई ‘निरंकुश शाही शासनका दुष्ट मतियारहरू’को संज्ञा दिएका छन् । शाही शासनविरुद्ध संघर्ष गर्दा चरित्रहत्या गर्ने हिसावले ‘घरको पानी ट्यांकीमा पैसा राखेको’ कुप्रचार गरिएको भन्दै उनले अहिले विरोध गर्नेहरु पनि त्यसैको नयाँ रुप रहेको बताएका छन् ।

उनले भनेका छन्, “विगतमा राजाले सम्पूर्ण शासन सत्ता आफ्नो हातमा लिएको र त्यसविरूद्ध संघर्ष गरेका कारण यातनापूर्ण बन्दी जीवन विताइरहेका बेला सम्पूर्ण रूपमा बदनाम र चरित्रहत्या गर्ने हिसावले “घरको पानी ट्यांकीमा पैसा राखेको कुप्रचार गरिएको थियो । अहिले विगतको निरंकुश शाही शासनका तिनै दुष्ट मतियारहरू समेत नयाँ ढंगले मेरो बिरूद्धमा स्वर उरालिरहेका छन् ।”

अर्थमन्त्री युवराज खतिवडाले बैँकको सञ्चालक समितिको सदस्यमा नियुक्त गरेपछि कोइरालालाई बैँकको अध्यक्ष बन्ने बाटो खुलेको छ ।