काठमाडौं – पछिल्लो २४ घण्टामा थप ८८५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ३४ हजार ४ सय १८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका ३९ वटा प्रयोगशालामा १३ हजार ३ सय ५१ वटा पीसीआर टेस्ट भएको छ । हालसम्म ६ लाख ३५ हजार २५२ वटा पीसीआर परीक्षण गरिएको छ ।

हाल क्वारेन्टिनमा १० हजार ४ सय ५३ जना रहेका छन् भने १४ हजार ४ सय ३९ जना आइशोलेसनमा अर्थात् सक्रिय संक्रमित रहेका छन् । ६ हजार २८ जना होम आइशोलेसनमा रहेका छन् भने ८ हजार ७ सय ११ जना संस्थागत आइशोलेसनमा छन् ।

हालसम्म १९ हजार ५ सय ४ जना निको भएको प्रवक्ता डा. गौतमले जनाएका छन् । यो कुल संक्रमितको ५६.६ प्रतिशत हो । पछिल्लो २४ घण्टामा ३८५ जना निको भएका छन् ।

कुल संक्रमित मध्ये १७५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ११ जना संक्रमितको मृत्यु भएको छ । र

प्रतिकृया

प्रतिकृया