भारतीय अभिनेता सुसान्तसिँह राजपुतको मृत्युपछि बलिउडको केन्द्रमा रहेको नातावादको बहश लागूऔषधतर्फ मोडिएको छ । सुसान्तको आत्महत्यासँग जोडिदै आएकी उनकी प्रेमिका रिया चक्रवर्ती र उनकी साथी श्रुती मोदीबीच भएको ह्वाट्सएप मेसेजमार्फत बाहिरिएको भिडियोपछि बलिउडमा लागूऔषधतर्फ बहश मोडिएको हो ।


ADVERTISEMENT


भिडियोमा एउटा क्लबमा बलिउड कलाकारहरुले लागूऔषधको प्रयोग गरिरहेको देख्न सकिन्छ । उनको च्याटमा लागूऔषधसम्बन्धी कुराकानी भइरहेको पाइएपछि सुसान्तसिँहको आत्महत्याबारे अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सुसान्तसिँहको आत्महत्या र लागूऔषधको कनेक्सनलाई लिएर अनुसन्धान अगाडि बढाउने तयारी गरेको छ ।


ADVERTISEMENT

# # #


उक्त भिडियोपछि सुसान्तसिँह लागूऔषधको अम्मली रहेको दाबीहरु आइरहेका छन् भने सुसान्तसिँहका फ्यानले यसको कडा प्रतिकार गरिरहेका छन् । सुसान्तसिँहको आत्महत्यापछि बलिउडमा कट्टर परिवारवादको आलोचकका रुपमा देखिएकी अभिनेत्री कंगना रनौतले ट्विटमार्फत बलिउडमा गाँजिएको लागूऔषध दुव्र्यसनबारे प्रहरी सघाउने बताएकी छिन् । उनले राज्यले आफूलाई सुरक्षा दिए सुसान्तसँग जोडिएको गोप्य विषय समेत आफूलाई थाहा भएको बताउँदै सुसान्तसिँहको हत्या भएको दाबी गरेकी छिन् ।

बलिउडमा रहेको नातावादका कारण सुसान्तसिँहले आत्महत्या गरेको दाबी उनका प्रशंसकले गरिरहेकोमा अब सिआइबीले उनको मृत्युलाई बलिउडको नातावादसँगै लागूऔषधसँग जोडेर अनुसन्धान अघि बढाउने तयारी गरेको छ ।