चितवन – नेपाल विद्युत् प्राधिकरणको प्रवन्ध निर्देशकमा पुनः कुलमान घिसिङलाई ल्याउनु पर्ने माग गर्दै चितवनमा प्रर्दशन गरिएको छ । घिसिङको कार्यकालमा लोडसेडिङ हटेको र प्राधिकरणमा पनि धेरै सुधार आएको भन्दै पुनः उनलाई नियुक्ति गर्नुपर्ने माग सहित युवाहरुले प्रदर्शन गरेका हुन् ।


ADVERTISEMENT


स्वतन्त्र नागरिक समाज चितवनले भरतपुरको चौबीसकोठीमा समर्थकको भेला गरेको थियो।


ADVERTISEMENT

# # #


समर्थनस्वरुप प्रदर्शन शुरु भएको केहीबेरमै नेपाल प्रहरीले प्रदर्शनमा हस्तक्षेप गरेको छ । निषेधाज्ञाको कुनै कार्यक्रम नगर्न भन्दै प्रहरीले प्रदर्शन रोकेर भीड हटाएको थियो ।